कावासोती । नवलपुरको गैंडाकोट नगरपालिका–९ दक्षिण कालिका पेट्रोल पम्प अगाडि बुधबार राति सवारी दुर्घटनामा एक पैदल यात्री घाइते हुनुभएको छ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार राति करिब ८:४५ बजे चितवनबाट रजहरतर्फ जाँदै गरेको प्रदेश ३–०२–०१३ प ६८१२ नम्बरको मोटरसाइकलले बाटो काट्दै गर्नु भएका ४८ वर्षीय कृष्ण प्रसाद सापकोटालाई ठक्कर दिएको हो । दुर्घटनामा सापकोटाको टाउको र दायाँ हातको कुहिनोमा चोट लागेको छ ।
घाइते सापकोटालाई तत्कालै स्थानीय गैडाकोट पोलिक्लिनिकमा उपचारका लागि लगिएको थियो । हाल उहाँको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।