चोरमारा । नेपाल रेडक्रस सोसाइटी उपशाखा चोरमाराको नयाँ कार्यसमिति चयनका लागि बुधबार सम्पन्न निर्वाचनमा सभापति पदमा सतिस राई निर्वाचित भएका छन्।
मध्यविन्दु–७ चोरमारामा रहेको उपशाखाको निर्वाचनमा जम्मा २०३ मतदाता मध्ये १५० जनाले मतदान गरेका थिए। तीमध्ये १ मत बदर भएको थियो। सभापतिमा निर्वाचित राईले ८७ मत ल्याउँदा उनका प्रतिस्पर्धी धर्मराज लुइँटेलले ६२ मत प्राप्त गरे।
निर्वाचन संयोजक वेदु न्यौपानेले निर्वाचन परिणाम सार्वजनिक गर्दै मतदान प्रक्रिया सफलतापूर्वक सम्पन्न भएको जानकारी गराए। मतदान बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन गरिएको थियो।
सभापति बाहेक अन्य सबै पदमा उम्मेदवारहरू निर्विरोध निर्वाचित भएका छन्। निर्विरोध निर्वाचित हुनेहरूमा उपसभापतिमा विष्णु कुमारी पन्जियार, सचिवमा प्रकाश भण्डारी, उपसचिवमा गोपाल प्रसाद भुर्तेल, कोषाध्यक्षमा बसन्त पंगेनी, उपकोषाध्यक्षमा लेखनाथ भट्टराई रहेका छन्।
यस्तै, महिला सदस्यमा सिता पाठक चयन भएकी छन् भने सदस्यहरूमा विन्दु काफ्ले, सुधा शाक्य, देवलाल काफ्ले र शुभकान्त सुवेदी निर्विरोध निर्वाचित भएका हुन्। निर्वाचन संयोजक न्यौपानेले सम्पूर्ण मतदाता, उम्मेदवार र सहयोगीप्रति आभार प्रकट गरेका छन्।