२०८२ बैशाख २१, आईतबार
नयाँ
पछिला अपडेट

अरुणखोलामा ब्युटिसियन तालिम सुरु, स्वरोजगारमा लाग्न नगरप्रमुखको आग्रह

२०८२ बैशाख २१, आईतबार प्रकाशित ( घण्टा अघि) ११४ पाठक संख्या

चोरमारा । नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतको वैदेशिक रोजगार बोर्डको आर्थिक सहयोग र मध्यविन्दु नगरपालिकाको समन्वयमा ब्युटिसियन तालिम सुरु गरिएको छ ।

मध्यविन्दु नगरपालिकाका ४० जनालाई लक्षित १८० घण्टे तालिम आइतबारदेखि अरुणखोलामा सुरु गरिएको हो।

तालिम उद्घाटन गर्दै नगरप्रमुख भिमलाल अधिकारीले सिकेको सीपलाई सदुपयोग गर्दै स्वरोजगार वा रोजगारीमा लाग्न सहभागीहरूलाई आग्रह गर्नुभयो । उक्त तालिमले महिलाहरूलाई आत्मनिर्भर बनाउने विश्वास नगरपालिकाले लिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३%

प्रतिक्रिया दिनुहोस