२०८२ अषाढ २४, मंगलबार
नयाँ
पछिला अपडेट

दाउन्नेमा सडक चिप्लिएपछि बुटवल–नारायणगढ सडकखण्ड अवरुद्ध

२०८२ बैशाख २१, आईतबार प्रकाशित ( महिना अघि) ५४७ पाठक संख्या

नवलपुर ।  बुटवल–नारायणगढ सडकखण्ड अन्तर्गत दाउन्ने क्षेत्रमा सवारी साधन चिप्लिने र उकालोमा स्लिप हुने घटना बढेपछि सडकमा सवारी आवागमन पूर्ण रूपमा बन्द भएको छ ।

वर्षाका कारण सडकमा हिलो जम्दा सवारी साधन फसेका छन्, जसले गर्दा बाटो दुबै तर्फबाट बन्द भएको हो।  प्रहरीका अनुसार दाउन्नेको उकालोमा सडक अत्यधिक चिप्लो र हिलोमय बनेको छ । ठूलो र भारी सवारी साधनहरू बीचमै फसेका कारण साना सवारी पनि अड्किएका छन्।

चिप्लो सडकका कारण केही सवारी साधन फस्दा सडकको दुबै दिशाबाट यातायात रोकिएको हो । प्रहरीले बाटो खुलाउन प्रयास जारी छ भने यात्रुहरुलाई तत्कालका लागि वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%१%

प्रतिक्रिया दिनुहोस