२०८२ बैशाख २०, शनिबार
नयाँ
पछिला अपडेट

मध्यविन्दु नगरपालिकाद्वारा अपाङ्गता भएका व्यक्तिहरूलाई सहायक सामग्री वितरण

२०८२ बैशाख १९, शुक्रबार प्रकाशित ( घण्टा अघि) ७९ पाठक संख्या

चोरमारा । मध्यविन्दु नगरपालिकाले अपाङ्गता भएका नागरिकहरूको जीवनयापन सहज र आत्मनिर्भर बनाउन सहायक सामग्री वितरण कार्यक्रम सम्पन्न गरेको छ ।

बिहीबार सम्पन्न उक्त कार्यक्रम नगरपालिकाका नगरप्रमुख भिमलाल अधिकारीले उद्घाटन तथा सामग्री हस्तान्तरण गरेर शुभारम्भ गर्नुभयो ।कार्यक्रममा नगरभित्रका विभिन्न किसिमका अपाङ्गता भएका व्यक्तिहरूलाई चक्कावाला कुर्ची, सुनुवाई मेसिन, ड्राईपर, बैशाखी, लठ्ठी, वाकर तथा ट्वाईलेट कुर्ची जस्ता दैनिक जीवनमा उपयोगी सामग्री वितरण गरिएको थियो ।

नगरप्रमुख अधिकारीले अपाङ्गता भएका व्यक्तिहरूको जीवनस्तर उकास्न नगरपालिका निरन्तर प्रयत्नशील रहेको र आगामी दिनमा यस्ता कार्यक्रमलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख पुष्पा कुमारी रिजालले नगरपालिकाले विगतदेखि नै अपाङ्गता भएका व्यक्तिहरूको आवश्यकता पहिचान गरी सहयोग गर्दै आएको बताउनुभयो ।

कार्यक्रममा सहभागी लाभग्राहीहरूले सामग्रीले आफ्नो दैनिक जीवनमा सहजता ल्याउने विश्वास व्यक्त गर्दै नगरपालिका तथा सरोकारवालाप्रति आभार व्यक्त गरे । कार्यक्रममा नगर उपप्रमुख पुर्णकला चौधरी, प्रमुख प्रशासकीय अधिकृत विपिन क्षेत्री, वडा अध्यक्षहरू, अपाङ्गता भएका व्यक्ति तथा उनीहरूका अभिभावकहरूको उपस्थिति रहेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस