कावासोती । पूर्व–पश्चिम राजमार्गअन्तर्गत कावासोती नगरपालिका–१६ थारु डण्डामा आज बिहान भएको सडक दुर्घटनामा एकजना घाइते भएका छन् ।
बर्दघाटबाट नारायणगढतर्फ जाँदै गरेको ना ५ ख २६६६ नम्बरको ट्रकले सडक पार गर्ने क्रममा ग ०४–००१ प ७५६२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक घाइते भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
दुर्घटनामा घाइते भएका मध्यविन्दु नगरपालिका–४ निवासी ५९ वर्षीय रविलाल श्रेष्ठको अनुहार र बायाँ खुट्टामा चोट लागेको छ । उनलाई उपचारका लागि मध्यविन्दु प्रादेशिक अस्पताल डण्डा लगिएको प्रहरीले जनाएको छ । श्रेष्ठको अवस्था मध्यम रहेको छ ।