२०८२ भाद्र १, आईतबार
नयाँ
पछिला अपडेट

मध्यविन्दु नगरपालिकाको आग्रह : सामुदायिक विद्यालयहरूमा पठनपाठन सुचारू गर्न निर्देशन

२०८२ बैशाख १४, आईतबार प्रकाशित ( महिना अघि) ३६७ पाठक संख्या

चोरमारा  –  मध्यविन्दु नगरपालिकाले लामो समयदेखि अवरुद्ध भएको सामुदायिक विद्यालयको पठनपाठन कार्य यथाशिघ्र सुचारू गर्न निर्देशन दिएको छ । नेपाल शिक्षक महासंघको काठमाडौं केन्द्रित आन्दोलनका कारण विगत २५ दिनदेखि प्रभावित विद्यालय गतिविधिहरूले विद्यार्थीको नतिजा प्रकाशन, भर्ना प्रक्रिया, पाठ्यपुस्तक वितरण तथा पठनपाठन जस्ता आधारभूत कार्यहरू ठप्प भएका थिए।

नगर प्रमुख भिमलाल अधिकारीले जारी गरेको सूचनामा विद्यालय शिक्षा अवरुद्ध हुँदा बालबालिकाहरूको गुणस्तरीय शिक्षा पाउने अधिकारमा प्रत्यक्ष असर परेको उल्लेख गरिएको छ। शिक्षण पेशालाई सम्मानित बनाउन र उत्कृष्ठ जनशक्तिलाई आकर्षित गर्नुपर्ने कुरामा नगरपालिका स्पष्ट रहेको सूचनामा भनिएको छ ।

नगरपालिकाले स्थानीय तहको पहलकदमी र सरोकारवाला निकायहरूको दबाबको कारण संघीय संसदले विद्यालय शिक्षा सम्बन्धी विधेयकलाई प्राथमिकतामा राखेर छलफल गरिरहेको जनाउँदै शिक्षक तथा विद्यालय कर्मचारीका जायज मागहरू सम्बोधन हुँदै संघीय शिक्षा ऐन चाँडै जारी हुने आशा व्यक्त गरेको छ ।

यसै सन्दर्भमा, नगरपालिकाले २०८२ बैशाख १५ गतेदेखि विद्यार्थी भर्ना तथा नियमित पठनपाठन कार्य सुचारू गर्न विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, विद्यालय प्रशासन र सम्पूर्ण शिक्षक कर्मचारीहरूलाई अनुरोध गरेको छ।

नगरप्रमुख अधिकारीले विद्यालय शिक्षाका समग्र गतिविधि लामो समयसम्म अवरुद्ध हुनु सुखद अवस्था नभएको भन्दै समयमै शिक्षण कार्य सञ्चालन गरेर विद्यार्थीलाई गुणस्तरीय शिक्षाको वातावरण सिर्जना गर्न आग्रह गर्नुभएको छ ।

विज्ञप्ति हेर्नुहोस्:

1745745574950

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
३%

प्रतिक्रिया दिनुहोस