२०८३ जेष्ठ १, शुक्रबार
नयाँ
पछिला अपडेट

नवलपुरमा ब्रेक फेल भएर ट्रक होटलमा पस्यो, दुई होटलमा क्षति

२०८२ बैशाख १४, आईतबार प्रकाशित ( साल अघि) १०५३ पाठक संख्या

कावासोती । नवलपुरको दाउन्नेमा ब्रेक फेल भएको ट्रक होटलमा पसेर दुई वटा होटलमा क्षति पुर्‍याएको छ।

नारायणगढबाट बुटवलतर्फ जाँदै गरेको ना.५.ख ८६७१ नम्बरको मार्बल लोड ट्रक शनिबार ब्रेक फेल भएर अनियन्त्रित भई धौलागिरी होटल एन्ड लजमा पसेको जिल्ला प्रहरी कार्यालय नवलपुरका डीएसपी मधु नेपालले जानकारी दिए । ट्रकको ठक्करबाट धौलागिरी होटल पूर्ण रूपमा क्षति पुगेको छ ।

ट्रकको ठक्करले धौलागिरी होटलसँगै रहेको स्थानीय पवन लम्सालले सञ्चालन गरेको अर्को होटलमा समेत आंशिक क्षति पुगेको प्रहरीले जनाएको छ । घटनामा मानवीय क्षति भने नभएको र ट्रक चालक तथा ट्रकलाई नियन्त्रणमा लिइएको डीएसपी नेपालले बताए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस