२०८२ माघ २१, बुधबार
नयाँ
पछिला अपडेट

नवलपुरमा भिटामिन ‘ए’ कार्यक्रम: २८ हजारभन्दा बढी बालबालिकालाई खुवाइँदै

२०८२ बैशाख ६, शनिबार प्रकाशित ( महिना अघि) ५२६ पाठक संख्या

कावासोती । शनिबार र आइतबार देशभर सञ्चालन हुने राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत नवलपुरमा पनि भिटामिन ‘ए’ क्याप्सुल खुवाउने तयारी पूरा भएको छ।

प्रदेश जनस्वास्थ्य कार्यालय नवलपुरका जनस्वास्थ्य अधिकृत तथा सूचना अधिकारी छविलाल सुवेदीका अनुसार जिल्लाका आठ वटै पालिकामा भिटामिन ‘ए’ क्याप्सुल ६ महिनादेखि ५९ महिनासम्मका करिब २८ हजार १ सय ३४ जना बालबालिकालाई खुवाइनेछ।

त्यस्तै, २४ हजार ८ सय २४ जना बालबालिकालाई जुकाको औषधि पनि खुवाइने जनाइएको छ । कार्यक्रमलाई सफल बनाउन जिल्लामा ३ सय ५९ जना महिला स्वास्थ्य स्वयंसेविका परिचालित गरिएको छ।

भोलि आइतबार बालबालिकाको पोषण अवस्था मूल्यांकन गर्ने र ६ महिनादेखि २ वर्ष नपुगेका बालबालिकालाई बाल भिटा खुवाउने कार्यक्रमसमेत रहेको कार्यालयले जनाएको छ। स्वास्थ्य सेवा विभागअन्तर्गत देशभर २२ लाख बालबालिकालाई लक्षित गरी भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन हुँदैछ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस