२०८२ बैशाख १७, बुधबार
नयाँ
पछिला अपडेट

मध्यविन्दु: नारायणीमा डुबेका दुई किशोरमध्ये एकको शव फेला

२०८२ बैशाख ३, बुधबार प्रकाशित ( हफ्ता अघि) १३०० पाठक संख्या

चोरमारा । पौडी खेल्ने क्रममा नारायणी नदीमा डुबेर बेपत्ता भएका मध्यविन्दु नगरपालिका – १२ का दुई जना बालकमध्ये एकजनाको शव भेटिएको छ। मध्यविन्दु १२ का १३ वर्षीय प्रज्वल पौडेलको शव भेटिएको प्रहरी नायव उपरीक्षक मधु नेपालले बताए।

उनको शव घटनास्थलबाट २ किमि तल नारायणी नदि किनारमा भेटिएको हो। बेपत्ता भएका १५ वर्षका विजय पौडेलको खोजी कार्य जारी रहेको उनले बताए। मंगलबार दिउँसो नारायणी नदी र आरुङखोलाको संगम उल्टी दोभानमा पौडी खेल्ने क्रममा दुई बालक डुबेर बेपत्ता भएका थिए। ‘हिजोदेखि नै हराइरहेका बालकको खोजी भइरहेको छ, हिजो राती अबेरसम्म पनि नभेटेपछि आज बिहानैबाट खोज्दा एक जनाको शव भेटिएको हो’, नेपालले भने।

उनले अर्को बालकको खोजी कार्यका लागि गोताखोरको टोलीसँग समेत समन्वय भइरहेको जानकारी दिए। ‘गोताखोरको टोलीसँग पनि समन्वय भएको छ , नेपाली सेना प्रहरी र स्थानीयको सहयोगमा खोजी कार्य हुँदैछ ‘, उनले भने।

मध्यविन्दु १२ ज्वाईंथरबाट बेपत्ता दुई बालकसँगै अन्य ३ जना पनि  गएका थिए। उनीहरू सकुशल घर फर्केको प्रहरीले जानकारी दिएको छ। बेपत्ता दुई बालक दाजु भाइका  छोराहरु हुन्। उनीहरूसहित ५ जना बिदाको समयको सदुपयोग गर्दै  नारायणी नदि किनारमा ड्राई पिकनिक गएको बेलामा घटना भएको प्रहरी नायव उपरीक्षक नेपालले बताए।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२४%

प्रतिक्रिया दिनुहोस