२०८२ भाद्र १, आईतबार
नयाँ
पछिला अपडेट

दाउन्नेमा आजदेखि ६ घण्टा राति सडक बन्द, वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह

२०८२ बैशाख १, सोमबार प्रकाशित ( महिना अघि) ३२५ पाठक संख्या

कावासोती । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बुटवल–नारायणगढ सडकखण्डको दाउन्ने क्षेत्रमा आज  सोमबारबाट रातिको समयमा ६ घण्टा सवारी आवागमन बन्द गरिने भएको छ ।

सडक विस्तारको कामलाई तीव्रता दिन आजदेखि वैशाख १५ गतेसम्म दैनिक राति ११ बजेदेखि बिहान ५ बजेसम्म सवारी साधन चलाउन नदिइने जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

प्रहरी निरीक्षक जनक बन्जाराका अनुसार तोकिएको समय अवधिमा सडक डाँडा काट्ने, बिग्रिएको बाटो सम्याउने, कल्भर्ट निर्माण लगायतका कार्य सञ्चालन गरिनेछ । यसअघि चैत्र २७ देखि ३१ गतेसम्म दिउँसो ११ बजेदेखि ३ बजेसम्म आवागमन बन्द गर्ने भनिए पनि लगातारको वर्षाका कारण दुई दिन मात्रै काम गर्न सकिएको थियो।

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक यादव ढकालका अनुसार दाउन्ने खण्डको १४ किलोमिटर क्षेत्रमध्ये पूर्वी लेनका ७-८ स्थानमा मात्रै एकतर्फी बाटो खुल्ला छ ।

आज पनि वर्षाका कारण दाउन्ने क्षेत्रमा लामो जाम लागेको छ, ढकालले भने, सडक चिप्लो हुँदा दुर्घटनाको जोखिम बढेकाले वैकल्पिक मार्ग प्रयोग गर्न हामीले सवारी चालकलाई आग्रह गरेका छौं। प्रहरीले शनिबार सूचना जारी गर्दै दाउन्नेमा सवारी सञ्चालनमा कठिनाइ भएको जनाउँदै यात्रुहरूलाई वैकल्पिक मार्ग रोज्न अनुरोध गरेको थियो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस