२०८२ चैत्र १२, बिहिबार
नयाँ
पछिला अपडेट

कावासोती बजारमा बिक्रीका लागि ल्याइएको सागमा अत्यधिक विषादी

२०८१ चैत्र २४, आईतबार प्रकाशित ( महिना अघि) ५०५ पाठक संख्या

कावासोती । कावासोतीस्थित हाटबजारमा बिक्रीका लागि राखिएको रायोको सागमा अत्यधिक मात्रामा विषादी भेटिएको छ। चितवन र पालुङबाट ल्याइएको साग परीक्षण गर्दा ९९ प्रतिशतसम्म विषादीको अवशेष फेला परेको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला इकाइ, कावासोतीका नायब प्राविधिक सहायक वीरेन्द्र भण्डारीले जानकारी दिए।

मानिसले खान अयोग्य मानिने स्तरभन्दा बढी विषादी भेटिएकाले उक्त साग जफत गरी नष्ट गरिएको कावासोती नगरपालिका पशु विकास शाखा प्रमुख डा। टेकराज पौडेलले बताए। कार्बामेट र अर्गानोफस्फेट ३५ प्रतिशतभन्दा कम मात्र भएमा खान योग्य मानिन्छ, तर परीक्षणमा सो सीमा पार गरेको पाइएपछि कारबाही गरिएको हो।

प्राविधिकहरूका अनुसार अफ सिजनमा उत्पादन गरिएको तरकारीमा विषादीको मात्रा अत्यधिक हुने गर्दछ, र विषादी प्रयोग गरेलगत्तै बजारमा पठाइएकाले यस्तो समस्या देखिएको हो। कावासोतीमा सञ्चालनमा रहेको विषादी अवशेष परीक्षण प्रयोगशालाबाट फलफूल तथा तरकारीको नियमित परीक्षण हुँदै आएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस