२०८२ भाद्र १, आईतबार
नयाँ
पछिला अपडेट

नवलपुरमा बढ्दो आकर्षण: अनुदानसहित किसानले विस्तार गरे चैते धान खेती

२०८१ चैत्र ६, बुधबार प्रकाशित ( महिना अघि) ३८० पाठक संख्या

नवलपुर — ७५ प्रतिशत अनुदान पाउने भएपछि नवलपुरका किसान चैते ९हिउँदे० धान खेतीतर्फ आकर्षित भएका छन्। सिँचाइ सुविधा भएका क्षेत्रमा पछिल्ला वर्षहरूमा चैते धान लगाउने किसानहरूको संख्या बढ्दो छ। असारमा लगाइने धानको तुलनामा उत्पादन बढी हुने र अनुदानको व्यवस्था भएकाले किसानहरू उत्साहित देखिएका छन्।

देवचुली, गैंडाकोट, कावासोती, मध्यबिन्दु नगरपालिका र विनयी त्रिवेणी गाउँपालिकाका किसान अहिले धान रोपाइँमा व्यस्त छन्। पहाडी भेगका स्थानीय तहमा पनि चैते धान खेती विस्तार हुँदै गएको कृषि ज्ञान केन्द्र नवलपुरका कृषि अर्थविज्ञ संजय ढकालले बताए।

ज्ञान केन्द्रले तोकेको पकेट क्षेत्रमा बिउ, कृषि उपकरण र सिँचाइका लागि ७५ प्रतिशतसम्म अनुदान दिइँदै आएको छ। चालु आर्थिक वर्षमा मात्र चैते धान विस्तारका लागि १ करोड १० लाख रुपैयाँ अनुदान विनियोजन गरिएको छ।

गत वर्ष ५३ हेक्टर क्षेत्रफलमा ६ हजार २ सय ५० मेट्रिक टन धान उत्पादन भएको थियो। यस वर्ष चैते धान खेती करिब ४५ हेक्टरले बढ्ने अनुमान गरिएको छ। विज्ञहरूका अनुसार असारमा लगाइने धान प्रतिहेक्टर करिब ४ मेट्रिक टन उत्पादन हुने गरे पनि चैते धानको उत्पादन प्रतिहेक्टर ६ मेट्रिक टनसम्म पुग्ने गरेको छ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस