२०८२ कार्तिक ११, मंगलबार
नयाँ
पछिला अपडेट

कावासोतीमा मोटरसाइकल दुर्घटना: वृद्धको मृत्यु, चालक गम्भीर घाइते

२०८१ फागुन २४, शनिबार प्रकाशित ( महिना अघि) १६९६ पाठक संख्या

कावासोती  — नवलपुरको कावासोती–१४, गोरसदीमा घरअगाडि पिँढीमा बसेर खाना खाइरहेका ६४ वर्षीय मानबहादुर कार्कीको मोटरसाइकल ठक्करबाट मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार शनिबार बिहान साढे १० बजेतिर तल्लो डण्डास्थित भित्री सडकखण्डमा डण्डा – कोल्हुवा तर्फ जाँदै गरेको लु १८ प ७४ नम्बरको मोटरसाइकलले कार्कीलाई ठक्कर दिएको थियो।

गम्भीर घाइते भएका उनलाई उपचारका लागि प्रादेशिक अस्पताल डण्डा लगिएको थियो, तर स्वास्थ्यकर्मीले उनलाई मृत घोषणा गरे । दुर्घटनामा मोटरसाइकल चालक, मध्यविन्दु नगरपालिका–३ निवासी १८ वर्षीय सुमन महतो गम्भीर घाइते भएका छन्। उनको मध्यविन्दु अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%१%३%१६%

प्रतिक्रिया दिनुहोस