२०८२ अषाढ २, सोमबार
नयाँ
पछिला अपडेट

नवलपुरमा ट्रकको ठक्करबाट एक जना गम्भीर घाइते

२०८१ फागुन १६, शुक्रबार प्रकाशित ( महिना अघि) १८१३ पाठक संख्या

नवलपुर — विनयी त्रिवेणी गाउँपालिका -२, विश्वकर्मा मन्दिर नजिकै ट्रकको ठक्करबाट एक जना गम्भीर घाइते भएका छन्।

आज दिउँसो नेपालगन्जबाट राजविराजतर्फ जाँदै गरेको प्र. २–०३–००१ ख ४१२७ नम्बरको ट्रकले लु ४२ प ३०४५ नम्बरको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिएको हो।

दुर्घटनामा परी मोटरसाइकल चालक ६७ वर्षीय पूर्णबहादुर काउचा विनयी त्रिवेणी गाउँपालिका – २ निवासी गम्भीर घाइते भएका छन्। घाइते काउचालाई थप उपचारका लागि सेन्ट्रल हस्पिटल, चितवन पठाइएको प्रहरीले जनाएको छ। यसैबीच, दुर्घटनामा संलग्न ट्रक तथा त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%८%२%

प्रतिक्रिया दिनुहोस