२०८३ जेष्ठ १, शुक्रबार
नयाँ
पछिला अपडेट

नवलपुर महोत्सवमा विद्यालयका विद्यार्थीहरूको लागि प्रवेश शुल्क ३० रुपियाँ मात्र

२०८१ फागुन ३, शनिबार प्रकाशित ( साल अघि) ११०० पाठक संख्या

कावासोती । विद्यालयबाट संस्थागत रूपमा सहभागी हुने विद्यार्थीहरूको लागि नवलपुर महोत्सवको प्रवेश शुल्क ३० रुपियाँ मात्र लाग्ने भएको छ।

नवलपुर उद्योग वाणिज्य संघका महासचिव सागर पोख्रेलले आइतबार विद्यालयबाट संस्थागत रूपमा सहभागी हुन आउने विद्यार्थीहरूको महोत्सव प्रवेश शुल्क ३० रुपियाँ कायम गरिएको जानकारी दिए।

महोत्सवको सुरुआतदेखि विद्यार्थी परिचयपत्रका आधारमा ६० रुपियाँ शुल्क राखिएको थियो, तर आइतबारदेखि विद्यालयबाट संस्थागत सहभागिता गर्न आउने विद्यार्थीहरूको लागि प्रवेश शुल्क ३० रुपियाँ निर्धारण गरिएको छ ।

शुल्कमा गरिएको छुटले नवलपुरको कृषि, उद्योग, कला र संस्कृति बारेमा जानकारी लिन विद्यार्थीहरूलाई थप सहयोग पुर्याउने नवलपुर उद्योग वाणिज्य संघका अध्यक्ष वैकुण्ठ प्रसाद अर्यालले जानकारी दिए।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
३%२%१%१%

प्रतिक्रिया दिनुहोस