२०८३ आश्विन २०, मंगलबार
नयाँ
पछिला अपडेट

तिर्थराज डुम्रेको नेतृत्वमा नवलपुर प्रेस चौतारीको नयाँ समिति गठन

२०८१ माघ २९, मंगलबार प्रकाशित ( १ साल अघि) ७२९ पाठक संख्या

नवलपुर । नेपाल प्रेस चौतारी नवलपुरको सातौं जिल्ला अधिवेशनले तिर्थराज डुम्रेको अध्यक्षतामा नयाँ समिति चयन गरेको छ।

अधिवेशनले उपाध्यक्षमा खगेन्द्र पराजुली, महिला उपाध्यक्षमा ज्ञानुमाया पंगेनी, सचिवमा राजु चापागाई, कोषाध्यक्षमा साहित्य न्यौपाने, सहसचिवमा लोकनाथ पंगेनी र समावेशी सहसचिवमा खेमनारायण महतोलाई सर्वसम्मत निर्वाचित गरेको हो।

सदस्यहरुमा प्रकाश रेग्मी, किरण गोतामे, युवराज खनाल र उत्सव बस्याल चयन भएका छन्। त्यस्तै, केन्द्रिय परिषद् सदस्यमा विना न्यौपाने, लालकुमार भट्टराई र बुद्धिसागर पोख्रेल चयन भएका छन् भने प्रदेश परिषद् सदस्यहरुमा सुरक्षा कंडेल, राम सुना र डा। नरनाथ पाण्डे चयन भएका छन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%२%२%

प्रतिक्रिया दिनुहोस


↑