चोरमारा । मध्यविन्दु नगरपालिकामा एच.पी.भी खोप अभियानको शुभारम्भ मध्यविन्दु- ९ स्थित नेपाल लोकसेवा माध्यमिक विद्यालयबाट गरिएको छ ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दानबहादुर रायमाझीको अध्यक्षता र नगर प्रमुख भीमलाल अधिकारीको प्रमुख आतिथ्यमा खोप अभियान सुरु भएको हो।
प्रमुख अतिथि भिमलाल अधिकारीले कक्षा ६ देखि १० सम्मका छात्राहरू र १० देखि १४ वर्ष उमेरका किशोरीहरूलाई खोप दिइने जानकारी दिनुभयो । त्यस्तै वडा अध्यक्ष मदन कुमालले खोप अभियान महिलाको पाठेघरको क्यान्सर र अन्य क्यान्सरको रोकथाममा महत्त्वपूर्ण भएको बताएका छन्।
कार्यक्रममा २२३ जना छात्रालाई खोप दिइएको छ । मध्यबिन्दु नगरपालिका भित्र ५२ खोप केन्द्रमा ५४ स्वास्थ्यकर्मी र १०८ स्वयंसेविकाहरूले खोप अभियान सञ्चालन गरिरहेका छन्। यस अभियान २८ माघदेखि २ फागुनसम्म सञ्चालन हुनेछ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रायमाझीले क्यान्सरको नियन्त्रणमा सरकारको ध्यानाकर्षण भएको र छात्राहरूलाई खोप लगाउन आग्रह गरेका छन्।