२०८३ अषाढ ७, आईतबार
नयाँ
पछिला अपडेट

नवलपुर महोत्सवमा रत्यौली प्रतियोगिता आजदेखि शुरु

२०८१ माघ २८, सोमबार प्रकाशित ( साल अघि) ११२८ पाठक संख्या

कावासोती । नवलपुर महोत्सवमा सोमबारदेखि रत्यौली प्रतियोगिता थालनी भएको छ । नेपाली समाजमा बैवाहिक उत्सवको खुशीयालीमा दुलाहाका घरमा महिलाहरूले गर्ने सामूहिक मनोरंजनको परम्परालाई जगेर्ना गर्ने उद्देश्यले सातौं महोत्सवबाट शुरु गरिएको रत्यौली प्रतियोगिता आठौं महोत्सवमा पनि निरन्तरता दिइएको नवलपुर उद्योग वाणिज्य संघका अध्यक्ष वैकुण्ठ प्रसाद अर्यालले जानकारी दिए।

रत्यौली प्रतियोगितामा यस वर्ष ९ वटा समूहको सहभागिता रहेको छ। हरेक दिन एक समूहको प्रस्तुति हुने आयोजकका महासचिव सागर पोख्रेलले बताए ।

साथै, भोलिदेखि दोहोरी प्रतियोगिता पनि शुरु हुने बताइएको छ। दोस्रो दिनदेखि चलिरहेको डान्स आइडल प्रतियोगिता, साथै राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति र स्थानीय मौलिक साँस्कृतिक कार्यक्रमहरू पनि समेटिनेछन् । सांस्कृतिक गतिविधिहरू दिउँसो साढे १२ वजेदेखि सुरु हुने महासचिव पोख्रेलले जानकारी दिए।

सोमबारको रत्यौली प्रतियोगितामा कावासोती –  १६ स्थित प्रगतिशील नाचगान समूहको प्रस्तुति रहने सांस्कृतिक संयोजक डाँसुराज पोख्रेलले जानकारी दिए।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
३%१%१%

प्रतिक्रिया दिनुहोस