२०८२ माघ २५, आईतबार
नयाँ
पछिला अपडेट

नारायणी स्वास्थ्य चौकीमा जेष्ठ नागरिकलाई स्वास्थ्य परीक्षण र औषधि वितरण

२०८१ माघ २४, बिहिबार प्रकाशित ( साल अघि) ४४३ पाठक संख्या

मध्यविन्दु । मध्यविन्दु नगरपालिका ४ पनौटी स्थित नारायणी स्वास्थ्य चौकीमा जेष्ठ नागरिकका लागि निशुल्क स्वास्थ्य परीक्षण घुम्ती शिविर सम्पन्न भएको छ । यो कार्यक्रम मध्यविन्दु नगरपालिका स्वास्थ्य शाखा प्रमुख जागेश्वर भुसालको अध्यक्षता र वडा नं ४ का वडाअध्यक्ष डिल्लीराम थनेतको प्रमुख आतिथ्यतामा आयोजित गरिएको थियो।

शिविरमा ३७ जना जेष्ठ नागरिकको स्वास्थ्य परीक्षण गरियो। उनीहरूको स्वास्थ्य स्थिति जाँचेर आवश्यक सल्लाह र औषधि प्रदान गरिएको छ । वडा नं ४, ५ र ६ बाट चयन गरिएका जेष्ठ नागरिकको उपस्थिति उल्लेखनीय थियो।

1738857534209

स्वास्थ्य परीक्षणपछि, ती जेष्ठ नागरिकहरूलाई थप उपचारका लागि मध्यविन्दु नगर अस्पतालमा बोलाइने कुरा स्वास्थ्य शाखा प्रमुख जागेश्वर भुसालले जानकारी दिए । साथै, विमामा आवद्ध भएका नागरिकहरूको अवस्था सन्तोषजनक पाइयो भने, अन्य नागरिकलाई पनि विमामा आवद्ध हुन अनुरोध गरिएको उनले बताए।

कार्यक्रमको उद्घाटन सबैभन्दा जेष्ठ उमेरका व्यक्तिलाई स्वास्थ्य परीक्षणको पूर्जि दिई गरिएको थियो। शिविरको संचालन नारायणी स्वास्थ्य चौकिका इन्चार्ज रामानन्द महतोले गरेका थिए।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस