२०८२ अषाढ २२, आईतबार
नयाँ
पछिला अपडेट

आठौं नवलपुर महोत्सव माघ २५ देखि फागुन १० सम्म आयोजना हुने

२०८१ माघ १६, बुधबार प्रकाशित ( महिना अघि) ३६२ पाठक संख्या

नवलपुर – आठौं नवलपुर महोत्सवको मिति नजिकिँदै गर्दा अन्तरक्रिया र छलफललाई थप तिव्रता दिन थालिएको छ। आठौं नवलपुर महोत्सवको मुल आयोजक समितिले बुधबार उद्योग बाणिज्य संघको कार्यालयमा उद्योग बाणिज्य संघका पूर्व पदाधिकारी र समितिका सदस्यसँग अन्तरक्रिया र छलफल सम्पन्न गरेको छ, जसको जानकारी प्रवक्ता सागर पोखरेलले दिएका छन्।

आठौं नवलपुर महोत्सव मुल आयोजक समितिका संयोजक बैकुण्ठ प्रसाद अर्यालको अध्यक्षतामा सम्पन्न छलफलले नवलपुरको गौरव र पहिचानको प्रसार गर्न जिल्लाका सम्पूर्ण उद्योगी, व्यापारी र नागरिकलाई एकजुट भएर काम गर्न प्रतिबद्धता व्यक्त गरेका थिए।

अन्तरक्रियामा नवलपुर उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष ओम पौडेल, वर्तमान अध्यक्ष डासुराज पोखरेल, पूर्व पदाधिकारीहरू लगायतका महत्वपूर्ण व्यक्तिहरूको उल्लेखनीय सहभागिता थियो। आठौं नवलपुर महोत्सव अन्तर्गत बिहीबार जिल्लाका विभिन्न वस्तुगत संघहरूसँग पनि अन्तरक्रिया आयोजना गरिएको थियो।

नवलपुर उद्योग बाणिज्य संघको आयोजनामा आगामी माघ २५ गतेदेखि फागुन १० गतेसम्म कावासोती १६, अंकुर सामुदायिक वनको खेल मैदान, डण्डामा आठौं नवलपुर महोत्सव आयोजना हुने छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस