२०८२ भाद्र १२, बिहिबार
नयाँ
पछिला अपडेट

नवलपुरका तीन पालिकालाई जोड्ने आलोक चक्रपथको कालोपत्र गर्ने काम सुरु गरिने

२०८१ माघ १५, मंगलबार प्रकाशित ( महिना अघि) २०६७ पाठक संख्या

कावासोती – नवलपुरका तीन पालिकालाई जोड्ने आलोक चक्रपथको झ्यालबास-डण्डा खण्डको कालोपत्र गर्ने प्रक्रिया सुरु भएको छ। हुप्सेकोटको गिरुबारी, झ्यालबास कावासोतीको डण्डा हुँदै मध्यविन्दुको कोल्हुवा, चौराहा बसन्तपुर र हुप्सेकोटकै गिरुबारीलाई जोड्ने उक्त चक्रपथको झ्यालबास-डण्डा खण्डमा सडक चौडा बनाएर कालोपत्र गर्न काम सुरुहुने भएको छ।

ग्रामीण सडक सञ्जाल आयोजना समितिका संयोजक प्रेमदत्त भट्टका अनुसार, चक्रपथको ८.६ किलोमिटर लम्बाइको झ्यालबास-डण्डा खण्डमा कालोपत्र गर्नका लागि वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनलाई परिमार्जन गर्ने प्रक्रिया अघि बढाइएको छ । 1738079274266नवलपुर क्षेत्र नं: २ का सांसद विष्णु कुमार कार्कीले चक्रपथको काम तत्काल सुरु गर्न निर्देशन दिएका छन्। उनले ग्रामीण सडक सञ्जाल आयोजना समितिका संयोजक भट्टलाई चक्रपथको वातावरणीय प्रभाव मूल्यांकन परिमार्जनका लागि माघ महिना भित्रै सार्वजनिक सुनुवाइ र अन्य आवश्यक प्रक्रिया सुरु गर्न निर्देशन दिएका हुन् ।

सांसद कार्कीका अनुसार, यो ३८ किलोमिटर लम्बाइको चक्रपथले तीन पालिकाभित्रका ग्रामीण वडालाई पूर्व पश्चिम राजमार्गसँग जोड्ने छ, जसले ग्रामीण क्षेत्रका बस्तीलाई बजार क्षेत्रसँग सहज पहुँच दिनेछ। यस योजनाबाट कावासोती, मध्यविन्दु र हुप्सेकोटका विभिन्न वडाका ठूलो जनसंख्या लाभान्वित हुनेछन्।

1738079281743मङ्गलबार हुप्सेकोट गाउँपालिका अध्यक्ष लक्ष्मी देवी पाण्डे र अन्य टोलिले कार्यालयमा पुगेर काम सुरु गर्न निर्देशन दिएका थिए। यो चक्रपथ नवलपुर जिल्लाकै महत्वपूर्ण योजनाको रुपमा रहेको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१५%९%४%१%२%

प्रतिक्रिया दिनुहोस