२०८३ जेष्ठ १, शुक्रबार
नयाँ
पछिला अपडेट

मध्यविन्दुमा आगोले पोल्दा १४ वर्षीय बालक घाइते

२०८१ पौष २५, बिहिबार प्रकाशित ( साल अघि) ८२८ पाठक संख्या

कोल्हुवा – नवलपुरको मध्यविन्दु–१ अभियान टोल निवासी १४ वर्षीय बालक आदित महतो आगोको चपेटामा परेर घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार आज बिहान आदित महतो आफ्नै गोठमा कुडो पकाउनको लागि पेट्रोल राखेर आगो बाल्ने क्रममा अचानक आगो फैलिएर र उनको शरीरका दुवै खुट्टा, दाहिने हात र अनुहारमा पोलेर चोट लागेको छ ।

आगले पोलेपछि बालकलाई तत्काल मध्यविन्दु जिल्ला अस्पताल डण्डामा उपचारका लागि पठाइएको थियोे । प्रहरीले घटनाबारे थप अनुसन्धान गर्दै भएको बताएको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%

प्रतिक्रिया दिनुहोस