२०८३ बैशाख २७, आईतबार
नयाँ
पछिला अपडेट

चोरमारामा घाँस काट्दै गर्दा रुखबाट खस्न गएर महिला घाइते

२०८१ पौष २५, बिहिबार प्रकाशित ( साल अघि) १४३७ पाठक संख्या

चोरमारा – नवलपुरको मध्यविन्दु नगरपालिका वडा नं: ६, चोरमारा बस्ने ४८ वर्षीया कृष्णा महतो जमुनाको रुखमा चडी घाँस काट्ने क्रममा अचानक रुखबाट खस्न गई घाइते भएकी छन्।

घटनाबारे सुचना प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलमा खटिएको थियो। घाइते कृष्णा महतोलाई प्राथमिक उपचारका लागि मध्यबिन्दु जिल्ला अस्पताल पठाइएको थियो।

यहाँ सामान्य उपचारपछि थप उपचारका लागि उनलाई पुरानो मेडिकल कलेज भरतपुर, चितवन पठाइएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ। महतोको ढाडमा चोट लागेको छ र प्रहरीले अन्य अनुसन्धान कार्य जारी राखेको छ । तस्बिर : फाईल

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%१%४%

प्रतिक्रिया दिनुहोस