२०८२ माघ २२, बिहिबार
नयाँ
पछिला अपडेट

नवलपुरमा सवारी दुर्घटनामा मुगु जिल्ला समन्वय समितिका प्रमुख घाइते

२०८१ पौष २५, बिहिबार प्रकाशित ( साल अघि) ५३७ पाठक संख्या

कावासोती – नवलपुरको कावासोती-१६ स्थित चालिस किलो जंगलमा आज एक सवारी दुर्घटना भएको छ । बाग्मती प्रदेश ०६-००१ ख ०२३१ नम्बरको खाली टिपर र काठमाण्डौंबाट मुगु तर्फ जाँदै गरेको सुमो गाडी एक आपसमा ठक्कर खाँदा मुगु जिल्ला समन्वय समितिका प्रमुख मन्जन कार्की घाइते भएका छन्।

दुर्घटनामा ५० वर्षीय मन्जन कार्कीको टाउकोमा चोट लागेको र उहाँको अवस्था मध्यम रहेको प्रहरीले जानकारी दिएको छ । उहाँसँगै गाडी चालक भविरा कार्की जो मुगु सोरु-३ का निवासी हुन्, उनी पनि घाइते भएका छन्। दुबै जनाको उपचार नजिकैको मध्यविन्दु जिल्ला अस्पतालमा भइरहेको छ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस