२०८३ श्रावण २१, बिहिबार
नयाँ
पछिला अपडेट

नवलपुरमा भिरबाट लडेर एक जनाको मृत्यु

२०८१ पौष २२, सोमबार प्रकाशित ( साल अघि) २१४७ पाठक संख्या

कावासोती । नवलपुरको बुलिङटार गाउँपालिकामा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार, आज बिहान १०:४५ बजेको समयमा बुलिङटार – ६ अत्रौलीका ४५ वर्षीय खुम बहादुर विक आफ्नै घर माथिको भिरमा हिँड्ने क्रममा लडेर ५० मिटर तल खसेर घटनास्थलमै मृत्यु भएका हुन्।

प्रहरी स्रोतका अनुसार, उनले मादक पदार्थ सेवन गरेका थिए। घटना वडाध्यक्षमार्फत प्रहरीलाई जानकारी प्राप्त भएको थियो। यस घटनामा अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%२०%१%

प्रतिक्रिया दिनुहोस