२०८२ कार्तिक २५, मंगलबार
नयाँ
पछिला अपडेट

मध्यविन्दुमा आगो ताप्ने क्रममा जलेर एक महिला घाइते

२०८१ पौष २०, शनिबार प्रकाशित ( 0 महिना अघि) १४७८ पाठक संख्या

मध्यविन्दु – जिल्ला नवलपुरको मध्यबिन्दु नगरपालिका वडा नं: १५ हर्वास्टारमा आगो ताप्ने क्रममा ६४ वर्षीया मंगली कुमाल घाइते भएकी छन्। शुक्रबार बिहानको समयमा कुमाल आफ्नै घरको छेउमा आगो ताप्दै गर्दा अचानक लगाएको कपडामा आगो सल्किएर जलेर घाइते भएकी हुन्।

घटना पछि कुमाललाई उपचारको लागि तत्काल मध्यबिन्दु जिल्ला अस्पतालमा पुर्‍याइएको थियो। जहाँ सामान्य उपचारपछि उनलाई थप उपचारका लागि भरतपुर सरकारी अस्पताल पठाइएको छ। कुमालको कम्मर मुनीको भागमा ३० प्रतिशत जलेको छ। यस घटनामा अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%४%

प्रतिक्रिया दिनुहोस