२०८२ चैत्र ८, आईतबार
नयाँ
पछिला अपडेट

नवलपुरको नारायणी नदीमा नुहाउने क्रममा एक युवक बेपत्ता

२०८१ मंसिर १७, सोमबार प्रकाशित ( साल अघि) ११५५ पाठक संख्या

कावासोती – नवलपुरमा नारायणी नदीमा नुहाउने क्रममा एक युवक बेपत्ता भएका छन्।

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार गैडाकोट २ थुम्सीमा आज दिउँसो साढे ११ बजे नुहाउन गएका १७ वर्षीय पेम्बा तामाङ डुबेर बेपत्ता भएका हुन्।

पेम्बा तामाङ दोलखा जिल्लाको शैलुङ गाउँपालिका ३, दुधपोखरीका स्थायी बासिन्दा हुन्। प्रहरीले घटनास्थलमा खोजी कार्य सुरु गरेको जनाएको छ, तर हालसम्म पेम्बाको अवस्था बारे कुनै जानकारी प्राप्त भएको छैन।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१०%

प्रतिक्रिया दिनुहोस