२०८१ माघ २, बुधबार
नयाँ
पछिला अपडेट

मध्यविन्दु नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश घर्तीको सरुवा

२०८१ मंसिर १६, आईतबार प्रकाशित ( महिना अघि) २६६ पाठक संख्या

चोरमारा । मध्यविन्दु नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश घर्तीको सरुवा भएको छ । आइतबार उहाँलाई विदा गरिनुका साथै एक विदाई कार्यक्रम पनि आयोजना गरिएको हो । अब घर्ती लमजुङको सुन्दरबजार नगरपालिका जान लाग्नुभएको छ ।

प्रशासकीय अधिकृत रमेश घर्तीलाई नगरपालिका परिवारले उहाँको कार्यकालको क्रममा पुर्याउनु भएका योगदानको उच्च मुल्यांकन गरेको छ । नीतिगत सुधार र प्रशासनिक व्यवस्थापनमा उहाँले दिएको योगदान विशेष गरी उल्लेखनीय रहेको छ, र नगरपालिकाको सामग्र व्यवस्थापकीय भूमिकामा उहाँको कामलाई नगरवासीहरू सदैव सम्झिरहनेछन्।

नगर प्रमुख भिमलाल अधिकारीले “फेरी भेटौंला” कार्यक्रममा रमेश घर्तीलाई सम्मान गर्दै मायाको चिनो प्रदान गर्नुभयो। उहाँले घर्तीको निजामती जीवन र व्यक्तिगत जीवन अझै थप सफल र सार्थक बन्न सकोस् भन्ने शुभकामना व्यक्त गर्नुभयो।

त्यसैगरी, प्रमुख प्रशासकीय अधिकृत रमेश घर्तीले “फेरी भेटौंला” कार्यक्रममा आफुलाई कुनै पनि असर नपर्ने तरिकाले सबैले निर्देशन बमोजिम नै काम गरेको भन्दै कर्मचारी र नगरवासीलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

मध्यविन्दु नगरपालिका प्रमुख प्रशासकीय अधिकृत घर्तीको विदाइपछि सोमबार शिशिर पौडेल, सुन्दरबजार नगरपालिका लमजुङका प्रमुख प्रशासकीय अधिकृतका रूपमा नयाँ जिम्मेवारी सम्हाल्न आउनुहुनेछ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस