२०८३ श्रावण २१, बिहिबार
नयाँ
पछिला अपडेट

गैंडाकोटको हर्कपुरमा स्कुटरको ठक्करबाट २ जना घाइते

२०८१ मंसिर ८, शनिबार प्रकाशित ( साल अघि) ६७१ पाठक संख्या

गैडाकोट  – नवलपुरको गैडाकोट १२ हर्कपुर स्थित गोर्खाली चोकमा आज सवारी दुर्घटना भएको छ। विपरित दिशा तर्फबाट आउँदै गरेको ना ४१ प ५३८४ नम्बरको स्कुटरले साईकललाई ठक्कर दिँदा २ जना घाइते भएका छन्।

दुर्घटनामा घाइते हुनेमा साइकल चालक टक बहादुर डिसुवा  र स्कुटर चालक जीवन अधिकारी छन्। टक बहादुर डिसुवा गैडाकोट नगरपालिका १२ हर्कपुरका निवासी हुन् भने जीवन अधिकारी चितवनको रत्ननगर नगरपालिका वडा नं। ११ जिरौना स्थायी निवासी हुन्।

घाइते दुवैजनालाई उपचारको लागि नयाँ मेडिकल कलेज, भरतपुर चितवनमा लगिएको र अहिले उनीहरूको अवस्था सामान्य रहेको प्रहरी नायव उपरीक्षक जेशी शाहले जानकारी दिएका छन्। प्रहरीले घटना बारे थप अनुसन्धान थालेको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस