२०८१ माघ २, बुधबार
नयाँ
पछिला अपडेट

नवलपुरमा गैडाले आक्रमण गर्दा नाथुराम थारुको मृत्यु

२०८१ मंसिर ८, शनिबार प्रकाशित ( महिना अघि) ११४१ पाठक संख्या

चोरमारा । नवलपुरको मध्यविन्दु नगरपालिका वडा नं: ६, भडारा स्थित ६५ वर्षका नाथुराम थारुलाई अचानक गैडाले आक्रमण गर्दा घटनास्थलमै मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार, आज बिहान ११:४० बजे नाथुराम थारु र उनकी बुहारी आलु लगाउनको लागि घर नजिकैको बारीमा गएका थिए। त्यतिबेला अचानक गैडाले उनीहरुलाई आक्रमण गरेको हो।

गैडाको आक्रमणबाट नाथुराम थारुको पेट र टाउकोमा गम्भीर चोट लागेको थियो, जसको कारण घटनास्थलमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाबारे जानकारी पाएपछि प्रहरी टोली घटनास्थलमा पुगेको थियो र अनुसन्धान कार्य जारी राखिएको छ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१७%

प्रतिक्रिया दिनुहोस