२०८२ माघ २२, बिहिबार
नयाँ
पछिला अपडेट

नवलपुरको नारायणी नदी क्षेत्रमा जाडो छल्न चराहरूको आगमन

२०८१ मंसिर ६, बिहिबार प्रकाशित ( साल अघि) ३२८ पाठक संख्या

कावासोती । नवलपुरको नारायणी नदी र सिमसार क्षेत्र अहिले जाडो छल्नका लागि विभिन्न प्रजातिका चरा आगमन भएको छ। मङ्सिर महिनादेखि खोया हाँस, कर्‍याङ्कुरूङ, जलेवा, सिंन्दुरे हाँसजस्ता पाहुना चराहरू यहाँ देखिन थालेका छन्। चितवन राष्ट्रिय निकुञ्जको उत्तरमा बग्ने नारायणी नदीमा चखेवाका जोडीहरू पनि देखिन थालेका छन्।

साइबेरिया, चीन, बर्मा, मंगोलिया, रुस, कोरिया, थाइल्याण्ड जस्ता विभिन्न देशबाट चराहरू यस क्षेत्रमा आगमन गरेका हुन्। यसका साथै, आन्तरिक रुपमा पनि नेपालका विभिन्न स्थानबाट चराहरू यहाँ आउने गरेका छन्। सेप्टेम्बरदेखि डिसेम्बर महिनासम्म चराहरू आउने र फेब्रुअरीदेखि गर्मी सुरु भएपछि फर्किने गर्दछन्।

नेचर गाइड चन्द्रा महत्तो र मानबहादुर चौधरीका अनुसार, नारायणी नदी र आसपासका क्षेत्र अहिले चराका अवलोकनका लागि उपयुक्त स्थान बनेका छन्। यस क्षेत्रको जङ्गल सफारी र डुङ्गा सफारीमा विदेशी पर्यटकहरूको संख्या पनि बढ्न थालेको छ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस