२०८२ माघ २२, बिहिबार
नयाँ
पछिला अपडेट

गैँडाकोटमा मोटरसाइकल दुर्घटनामा चालक घाइते

२०८१ मंसिर ५, बुधबार प्रकाशित ( साल अघि) ८३४ पाठक संख्या

गैंडाकोट । नवलपुरको गैँडाकोट नगरपालिका ५ स्थित जनक स्कुल नजिकको पूर्व-पश्चिम राजमार्गमा आज बिहान एक दुर्घटना भएको छ ।

नगरपालिकाको चोकबाट भरतपुरतर्फ जाँदै गरेको ना ३४ प ४३१३ नम्बरको मोटरसाइकल चालकले नियन्त्रण गुमाउँदा दुर्घटना भएको हो ।

दुर्घटनामा परेर चालक चितवन भरतपुर महानगरपालिका ११ नयाँकीरण बस्ने ५१ वर्षीय हेमराज उपाध्याय घाइते भएका छन् । उनको घाइते अवस्थामा उपचारका लागि नयाँ मेडिकल कलेज, भरतपुर लगिएको छ। प्रहरीले घटनास्थलमा पुगेर थप अनुसन्धान सुरू गरेको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस