२०८२ अषाढ ३, मंगलबार
नयाँ
पछिला अपडेट

मध्यविन्दुमा ४ वर्षीय बालक करेन्ट लागेर घाइते

२०८१ कार्तिक ३०, शुक्रबार प्रकाशित ( महिना अघि) ५६८ पाठक संख्या

चोरमारा – नवलपुरको मध्यविन्दुमा करेन्ट लागेर एक बालक घाइते भएका छन्। मध्यविन्दु नगरपालिका वडा नं: १५ भ्युरान बस्ने चिनमाया सिंजालीको छोरा ४ वर्षीय प्रशान्त सिंजाली करेन्ट लागेर घाइते भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार, बालकले घरमा रहेको मल्टी प्लगमा हात राख्दा अचानक करेन्ट लागेर गम्भीर घाइते भएका हुन्। घटनापछि तुरुन्तै परिवारका सदस्यहरूले बालकलाई मध्यविन्दु जिल्ला अस्पताल डण्डामा उपचारका लागी पुर्याएका थिए।

अस्पतालले अहिले बालकको अवस्था सामान्य रहेको जनाएको छ। प्रहरीले बालबालिकाको सुरक्षाका लागि घरमा इलेक्ट्रिकल उपकरणहरूको प्रयोगमा सतर्कता अपनाउनुपर्नेमा जोड दिएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%४%

प्रतिक्रिया दिनुहोस