२०८३ भाद्र ३, बुधबार
नयाँ
पछिला अपडेट

नवलपुर उद्योग बाणिज्य संघको निर्णय: प्रत्येक शुक्रबार बजार बन्द गर्ने

२०८१ कार्तिक २८, बुधबार प्रकाशित ( साल अघि) ८३० पाठक संख्या

कावासोती – नवलपुर उद्योग बाणिज्य संघले आगामी कार्तिक ३० देखि हरेक हप्ता शुक्रवार बजार बन्द गर्ने निर्णय गरेको छ ।

संघको २०८१ सालको कार्तिक २८ गते सम्पन्न पदाधिकारी बैठकले यो निर्णय गरेको हो । महासचिव सागर पोख्रेलका अनुसार यो निर्णय संघको १०औं साधारण सभामा गरिएको निर्णयको अनुसरण गर्दै लागू गरिएको हो।

पोख्रेलका अनुसार, नेपालका प्रमुख पर्वहरूको आरम्भसँगै, प्रमुख चाडपर्वको समाप्ति पछि यो निर्णय लागु हुनेछ। आगामी कार्तिक ३० देखि हरेक शुक्रबार बजार बन्द रहने छ, जबकि मुख्य चाडपर्वको समयमा यस नियमलाई स्थगित राख्ने व्यवस्था गरिएको छ ।

संघको निर्णय कार्यान्वयन गर्नका लागि जिल्ला स्तरका बस्तुगत संघ, बजार विकास समिति र व्यवसायीहरूलाई आग्रह गरिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%२%

प्रतिक्रिया दिनुहोस