२०८१ माघ २, बुधबार
नयाँ
पछिला अपडेट

गैंडाकोटमा सल टायरमा बेरिदा महिला घाइते, उपचारको लागी चितवन पठाइयो

२०८१ कार्तिक २६, सोमबार प्रकाशित ( महिना अघि) ६४७३ पाठक संख्या

गैडाकोट – नवलपुरको गैंडाकोटमा सल टायरमा बेरिदा एक महिला घाइते भएकी छन् । गैंडाकोट ५  कालीगण्डकी चोकस्थित पूर्वपश्चिम राजमार्गमा आज साँझ दुर्घटनामा परी घाइते भएकी हुन् ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार , चितवनबाट कांग्रेसचोकतर्फ जाँदै गरेको ग १६ प ३६४१ नम्वरको मोटरसाइकलको पछाडि सवार ४८ वर्षीया विष्णु कुमारी बिकले ओडेको सल टायरमा बेरिन गएपछि मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको हो ।

घटनाबारे खवर प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलमा पुगेको थियो र घाइते महिला बिकलाई तत्कालै उपचारको लागि नयाँ मेडिकल कलेज भरतपुर पठाइएको छ । सवारी साधन र चालक प्रहरीको नियन्त्रणमा रहेका छन्, र थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
८%५%५%३%३१%१%

प्रतिक्रिया दिनुहोस