२०८३ अषाढ ७, आईतबार
नयाँ
पछिला अपडेट

मध्यविन्दुमा सर्पले डस्दा एक युवक घाइते

२०८१ कार्तिक २६, सोमबार प्रकाशित ( साल अघि) १८६४ पाठक संख्या

चोरमारा । नवलपुरमा सर्पले डस्दा एक युवक घाइते भएका छन्  । सोमबार मध्यविन्दु नगरपालिका वडा नं: १५ स्थित क्वालिटी पेपर कम्पनिमा कार्यरत भारतीय नागरिक दीप कुमार नाथ सर्पदंशका कारण घाइते भएका छन्।

उनलाई आज साँझपख चर्पी जाने क्रममा प्रजाति नखुलेको सर्पले उनको दायाँ खुट्टामा टोकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

खुट्टामा घाउ लागेपछि साथीहरूको सहयोगमा उनलाई तुरुन्तै मध्यविन्दु जिल्ला अस्पताल डण्डा ल्याइएको थियो । अस्पतालका चिकित्सक अनुसार उनको स्वास्थ्य अवस्था मध्यम रहेको र उपचार जारी छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%४%

प्रतिक्रिया दिनुहोस