२०८३ बैशाख २३, बुधबार
नयाँ
पछिला अपडेट

मध्यविन्दुमा एम्बुलेन्स र मोटरसाइकल ठक्कर खाँदा, चालक गम्भीर घाइते

२०८१ कार्तिक २६, सोमबार प्रकाशित ( साल अघि) १६०६ पाठक संख्या

चोरमारा  – नवलपुरको मध्यविन्दु नगरपालिका वडा नं: ११ दमार स्थित भित्री पक्की सडकखण्डमा दुईवटा सवारी साधनको आपसमा ठक्कर खाँदा एक मोटरसाइकल चालक गम्भीर घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार, दमार – अरुणखोला तर्फ आउँदै गरेको लु ५७ प ४५४३ नम्बरको मोटरसाइकल र भरतपुर – दमार तर्फ जाँदै गरेको लु १ च ३८८९ नम्बरको एम्बुलेन्स एक – आपसमा ठक्कर खाँदा सो दुर्घटना भएको थियो ।

ठक्करबाट मोटरसाइकल चालक सुनवल नगरपालिका वडा नम्बर १३ का ३२ वर्षीय आकाश चौधरी गम्भीर घाइते भएका छन् । दुर्घटनामा घाइते भएका आकाश चौधरीलाई तत्काल मध्यविन्दु जिल्ला अस्पताल डण्डा लगिएको छ । अस्पतालमा उनको उपचार भइरहेको र अवस्था केही नाजुक रहेको प्रहरीले जनाएको छ ।

एम्बुलेन्स र एम्बुलेन्स चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भइरहेको छ । प्रहरीले घटनाको विवरण सङ्ग्रह गर्दै आवश्यक कानूनी प्रक्रिया अघि बढाउने तयारी गरेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%१%६%२%

प्रतिक्रिया दिनुहोस