२०८२ कार्तिक १२, बुधबार
नयाँ
पछिला अपडेट

दुम्कौलीमा रहेको सिजीमा स्थानियको धर्ना 

२०८१ कार्तिक २५, आईतबार प्रकाशित ( महिना अघि) ५२१ पाठक संख्या

कावासोती । पूर्वी नवलपरासीको दुम्कौलीमा रहेको चौधरी उद्योग ग्रामले प्रदुषण फैलाएको भन्दै त्यहिका वडा अध्यक्षको नेतृत्वमा स्थानियले धर्ना दिएका छन ।

धर्नाको नेतृत्व गरेका वडा अध्यक्ष शरद घिमिरेले चौधरी उद्योगले कारखाना संचालन गर्न चलाउदै आएको भुसको ब्वाइलरले ज्यादै प्रदुषण गरेकाले गाउमा बस्न नहुने भएकाले कारखानामा धर्ना दिइएको सुनाए ।

कारखाना संचालन गर्न चलाइदै आएको भूसको ब्वाइलरले कारखाना बाहिर बस्तीमा धुलो फैलाएर बस्नै नसकिने अबस्था रहेकाले पटक पटक ध्यानाकर्षण गराउदा समेत नभएका कारण आफनै नेतृत्वमा धर्ना दिइएको उनले टेलिफोनमा बताए ।

कारखाना रहेको वडाका वडा अध्यक्ष समेत रहेका घिमिरेले चौधरी उद्योगको प्रदुषण नियन्त्रण गर्ने ट्रिटमेन्ट प्लान्टले समेत काम नगरेको धेरै वर्ष भएपनि कहिल्यै मर्मत सम्भार नभएकाले पानीमा समेत फोहोर बगेको तर्फ ध्यानाकर्षण गराएको उनले सुनाए ।

कारखानाको पूर्वमा सानो खोला छ त्यहा कारखानावाट निस्कने फोहर सोझै फेकिएका कारण दुर्गन्धले गाउमा बस्नै नसकिने अबस्था रहेको स्थानियको भनाई छ । कारखानाको मुख्य उत्पादन बियर, चाउचाउ, चुरोट, रियो लगायतका बस्तु छन ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%१%१%

प्रतिक्रिया दिनुहोस