२०८२ अषाढ १६, सोमबार
नयाँ
पछिला अपडेट

मध्यविन्दुमा दुर्घटना: चक्कामा सारी बेरिँदा ४० वर्षीया महिला घाइते

२०८१ कार्तिक १८, आईतबार प्रकाशित ( महिना अघि) ४३१४ पाठक संख्या

चोरमारा । नवलपुरको मध्यविन्दु नगरपालिका ९ बसन्तपुर स्थित भित्रि सडकखण्डमा एक दुर्घटना भएको छ । जसमा ४० वर्षीया कृष्णा सारु मगर घाइते भएकी छन्।

घटनामा लु ४४ प ७६८७ नम्बरको मोटरसाइकलका चालकले झ्यालबासबाट बसन्तपुरतर्फ यात्रा गरिरहेको समयमा मोटरसाइकलको पछाडि सवार कृष्णा मगरको सारी चक्कामा फसेको थियो।

घटनाको विवरण अनुसार, मोटरसाइकल जाँदै गर्दा कृष्णाको सारी चक्कामा फस्ने क्रममा उनी सडकमा लडेकी थिइन्। जस कारण उनी घाइते भई उपचारको लागि मध्यविन्दु जिल्ला अस्पताल डण्डा लगिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
५%२%२%१८%१%

प्रतिक्रिया दिनुहोस