२०८२ माघ २२, बिहिबार
नयाँ
पछिला अपडेट

नवलपरासी: देउसी भैलो टोलीको गाडी दुर्घटना, १० जना घाइते

२०८१ कार्तिक १७, शनिबार प्रकाशित ( साल अघि) ११८३ पाठक संख्या

कावासोती । पश्चिम नवलपरासीको सुस्तामा शनिबार साँझ देउसी भैलो खेल्न जाने क्रममा एक पिकअप गाडी दुर्घटना भएको छ।

जिल्ला प्रहरीले दिएको जानकारी अनुसार, लु ३ च ६०३२ नम्बरको गाडी सुस्ताको गाउँपालिका वडा नम्बर ३ बिगेपमा दुर्घटनामा परेको हो।

दुर्घटनामा परेर १० जना घाइते भएका छन्। घाइतेहरूमा ४ जनाको अवस्था मध्यम रहेको भने ६ जनाको अवस्था सामान्य छ। गाडीले बाख्रालाई जोगाउने क्रममा अनियन्त्रित भएको थियो।

गाडीमा २५ जना यात्रु सवार थिए, र घाइतेहरूलाई तत्काल सहिद स्मृति अस्पताल चौपत्तामा उपचारका लागि लगिएको छ। अस्पतालका डाक्टरहरूले घाइतेहरूको स्वास्थ्य अवस्था परिक्षण गरिरहेका छन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%२%१%

प्रतिक्रिया दिनुहोस