२०८२ चैत्र १२, बिहिबार
नयाँ
पछिला अपडेट

देवचुलीमा तातो कुँडोमा दुर्घटना: ५ वर्षीय सुहान घाइते

२०८१ कार्तिक १७, शनिबार प्रकाशित ( साल अघि) १५४१ पाठक संख्या

कावासोती । नवलपुरको देवचुली नगरपालिका ४ शान्तिगैरा टोलमा एक बालक तातो कुँडोमा परेर घाइते भएका छन्।

सुजन परियारको ५ वर्षीय छोरा सुहान परियार आज बिहान करिब साढे १० बजे आफ्नै घरको आँगनमा खेल्दै गर्दा अचानक तातो कुँडोमा परेर घाइते भएका हुन् ।

यस घटनामा सुहानलाई तातो कुँडोले शरीरमा पोलेको छ र उनीलाई तत्काल भरतपुर सरकारी अस्पताल, चितवनमा उपचारका लागि पठाइएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक जेसी शाहले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिएका छन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%२%५%

प्रतिक्रिया दिनुहोस