२०८१ मंसिर १८, मंगलबार
नयाँ
पछिला अपडेट

नारायणगढ–बुटवल सडकमा अत्याधुनिक सीसी क्यामेरा जडानको तयारी

२०८१ कार्तिक १३, मंगलबार प्रकाशित ( महिना अघि) ४५४८ पाठक संख्या

कावासोती । नारायणगढ–बुटवल सडक खण्डमा अत्याधुनिक सीसी क्यामेरा जडान गर्ने तयारी गरिएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार, सीसी क्यामेरा नहुँदा दुर्घटनाका कारण पत्ता लगाउन र फरार हुनेहरुको खोजी गर्न समस्या हुँदै आएको छ ।

प्रहरी नायव उपरीक्षक जेसी शाहले जानकारी दिए अनुसार, नयाँ एनपीआर क्यामेरा चालक र गाडीको गति डिटेक्ट गर्न सक्षम हुनेछ, र एक क्यामेराको लागत १ लाख २५ हजार रुपैयाँ हुनेछ ।

सडक विस्तारका कारण हालका क्यामेराहरू हराएको र केही बिग्रिएको अवस्थामा रहेका छन् । यद्यपि, सहर बजारमा क्यामेरा जडान गर्न निर्णय गरिएको छ ।

प्रहरीले चालकमाथि गति सीमित गर्न र व्यक्तिगत प्रयोजनका क्यामेराहरू सडकतर्फ फर्काएर प्रहरीलाई सहयोग गर्न पनि अनुरोध गरेको छ । उक्त क्यामेरा जडानको विषयमा प्रमुख जिल्ला अधिकारीसहित छलफल भइरहेको छ र पालिकाबाट प्राप्त रकमका आधारमा योजना अघि बढाइनेछ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
४६%१९%७%३%३%७%

प्रतिक्रिया दिनुहोस