२०८३ अषाढ १२, शुक्रबार
नयाँ
पछिला अपडेट

विजय एफएमका सहायक म्यानेजर प्रेम क्षेत्रीको निधन 

२०८१ कार्तिक ११, आईतबार प्रकाशित ( साल अघि) ४७६८ पाठक संख्या

कावासोती । सामुदायिक रेडियो विजय एफएम १०१.६ का सहायक स्टेशन म्यानेजर तथा विजय खबर पत्रिकाका समाचार सम्पादक प्रेमबहादुर क्षेत्रीको अचानक निधनले पत्रकारिता क्षेत्रमा ठूलो क्षति पुर्याएको छ।

शनिबार राति ११ बजे हृदयघातका कारण उहाँलाई चितवन मेडिकल कलेजमा उपचारका लागि लगिएको थियो, तर उपचारकै क्रममा उहाँको निधन भएको जानकारी प्राप्त भएको छ।

उहाँको पार्थिव शरीर माडीमा रहेको निवासमा राखिएको छ र अन्त्येष्टी देवघाटधाममा बिहान ९ बजे गर्ने तयारी गरिएको छ। ३६ वर्षका पत्रकार क्षेत्रीको श्रीमती र एक छोरी हुनुहुन्छ ।

उहाँले १७ वर्षदेखि सामुदायिक रेडियोमा कार्यरत रहँदै स्थानीय विकास, सुशासन, शिक्षा, स्वास्थ्य, वित्तीय सचेतना, र वातावरण संरक्षणका विषयमा सक्रियता रूपमा कलम चलाउँदै आउनु भएको थियोे । उहाँको योगदानले समाजमा महत्वपूर्ण प्रभाव पारेको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
७%१%३%६०%३%

प्रतिक्रिया दिनुहोस