२०८३ अषाढ १३, शनिबार
नयाँ
पछिला अपडेट

माननिय कार्कीद्वारा डुवान क्षेत्रको अवलोकन, तत्कालै तटबन्धन गर्ने प्रतिबद्धता

२०८१ आश्विन २९, मंगलबार प्रकाशित ( साल अघि) १०३९ पाठक संख्या

कोल्हुवा । नवलपुर क्षेत्र नं २ का प्रतिनिधी सभा संघिय माननिय विष्णु कुमार कार्कीले नारायणी नदिले डुवान गरेको मध्यविन्दु २ मा अवलोकन गर्नुभएको छ।

उहाँले कटान तथा डुवान गरेको क्षेत्रमा तत्कालै तटबन्धन गरि पिडीतलाई राहतको लागी पहल गर्ने प्रतिबद्धता जनाउनुभएको छ।

स्वास्थ्य समस्याका कारण गत फागुन महिना देखि अनुपस्थित रहनुभएका कार्कीले अब क्षेत्र नं २ का जनताको सुख दुखमा संगै रहने बताउनुभएको छ ।

उहाँले डुवान पिडितको लागी खाद्य सामाग्री तथा ग्याँस सिलिन्डर पनि उपलब्ध गराउनुभएको थियो। अवलोकनमा प्रदेश खेलकुद परिषद गण्डकी प्रदेशका सदस्य सचिव श्रीधर शर्मा, स्वकीय सचिव राजु पाण्डे, पूर्व वडा अध्यक्ष नारायण पौडेल,समाजसेवी जित बहादुर थापा, लगायतको उपस्थिती रहेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
६%१%१%

प्रतिक्रिया दिनुहोस