२०८३ अषाढ १३, शनिबार
नयाँ
पछिला अपडेट

नवलपुरमा लङ्गुरबुर्जा खेल्ने सामाग्री नियन्त्रणमा

२०८१ आश्विन २८, सोमबार प्रकाशित ( साल अघि) ३२६७ पाठक संख्या

कावासोती — नवलपुर जिल्लाका विभिन्न ६० स्थानमा स्थानीय युवाहरूले खेलाएको लङ्गुरबुर्जा खेल्ने सामान प्रहरीले नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार, दसैंको अवसरमा चोकचोकमा बसेर खेलाइएको अवस्थामा यो सामग्री बरामद गरिएको हो।

लङ्गुरबुर्जा खेल्ने चलन विशेष गरी दसैं र तिहारका समयमा आम रूपमा पाइएको छ । स्थानीय युवाहरूले मनोरन्जनको नाममा टोलटोलमा बसेर यस खेलबाट रकम असुल्ने गरेका छन् । प्रहरीले सामान बरामद गरे पनि खेलाउनेहरु कोहि पनि समातिएका छैनन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
९%३%२१%१%३%१२%

प्रतिक्रिया दिनुहोस