२०८३ जेष्ठ २, शनिबार
नयाँ
पछिला अपडेट

नवलपरासीमा माइक्रोबसको ठक्करबाट एक जनाको मृत्यु 

२०८१ आश्विन २०, आईतबार प्रकाशित ( साल अघि) २८१७ पाठक संख्या

कावासोती । पश्चिम नवलपरासीको सुनवल नगरपालिका – ७ ज्यामिरेमा भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

दुर्घटना पूर्व-पश्चिम राजमार्गअन्तर्गत सुनवलको ज्यामिरे चोकमा भएको हो, जहाँ बुटवलबाट बर्दघाटतर्फ जाँदै गरेको माइक्रोबसले मोटरसाइकललाई ठक्कर दिएको थियो।

घाइते भएका रुपन्देही जिल्ला तिलोत्तमाका ३२ वर्षीय ऋषि लम्तरीको उपचारको क्रममा भलुही मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ । मोटरसाइकल पछाडि बसेका विवेक गुरुङ घाइते भएका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१३%१%

प्रतिक्रिया दिनुहोस