२०८१ कार्तिक २३, शुक्रबार
नयाँ
पछिला अपडेट

नवलपुर बस दुर्घटना: २ जना घाइते, ६ जना सकुसल

२०८१ आश्विन १७, बिहिबार प्रकाशित ( महिना अघि) ९२८ पाठक संख्या

कावासोती । नवलपुरको गैंडाकोट १० सिस्नेमा गएराति भएको बस दुर्घटनामा ८ जना यात्रु सवार थिए ।

बर्दियाबाट काठमाडौं जाँदै गरेको भे १ ख ३६७५ नम्बरको बस चालकले नियन्त्रण गुमाउँदा बस सडकबाट बायाँतर्फ पल्टिएको थियो ।

दुर्घटनामा २ जना घाइते भएका छन्स् बस चालक केरमप्रसाद जैसी र बस धनि विजय श्रेष्ठ। उनीहरूको उपचार नयाँ मेडिकल कलेज चितवनमा भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ।

बाँकी ६ जना यात्रु सकुसल छन् र उनीहरूलाई अन्य बसमा गन्तव्यतर्फ पठाइएको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%२%

प्रतिक्रिया दिनुहोस