२०८२ फागुन १८, सोमबार
नयाँ
पछिला अपडेट

दाउन्नेमा सिडिओ श्रेष्ठसहितको टोली पहिरो पन्छ्याउन खटिए

२०८१ आश्विन १५, मंगलबार प्रकाशित ( साल अघि) ५५१ पाठक संख्या

कावासोती । नवलपरासीको दाउन्ने क्षेत्रमा सडक भासिएपछि यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ । भारी वर्षाका कारण बर्दघाट नगरपालिका ४ खुर्सानी खोलामा हाइटेन्सन लाइनको पोल ढलेको र सडक किनारको केही भाग भासिएको छ ।

प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठसहितको टोली पहिरो पन्छ्याउन खटिएको छ र रातारात काम भईरहेको छ । यातायात अवरुद्ध हुँदा सयौँ यात्रु बीच बाटोमै रोकिएका छन्न ।

स्थिति सामान्य बनाउनका लागि सिडिओ श्रेष्ठले जिल्लाका सुरक्षा प्रमुखहरू, नारायणगढ–बुटवल सडक खण्ड आयोजनाका प्रमुख तथा ठेकेदारहरूलाई समन्वय गर्दै घटनास्थलमा उपस्थित भएकी छिन् ।

यो घटनाका कारण राजमार्गमा रहेका यात्रुहरू बीच बाटोमै रोकिएका छन् भने यातायात पुनः सञ्चालन गराउने कार्य तीव्र गतिमा अघि बढिरहेको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%२%

प्रतिक्रिया दिनुहोस