२०८२ चैत्र ११, बुधबार
नयाँ
पछिला अपडेट

दाउन्नेमा पहिरो पन्छ्याउने काम सुरु: सडक सुचारु गर्न समय लाग्ने

२०८१ आश्विन १४, सोमबार प्रकाशित ( साल अघि) ६३२ पाठक संख्या

कावासोती । नवलपरासी वर्दघाट सुस्ता पश्चिमको दाउन्ने क्षेत्रमा पहिरोका कारण पूर्व पश्चिम राजमार्गको सडक २ फिटसम्म भासिएको छ। प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठका अनुसार, मर्मत कार्यमा समय लाग्ने देखिएको हो।

‘म अहिले फिल्डमै छु। रातिको समय छ। जेनेरेटरको उज्यालोमा काम गर्ने कोसिस छ’उनले भनिन्,‘प्राविधिकहरु, सुरक्षाकर्मीहरु सबै सडकमै खटिएका छौं। बाटो सफा गरेर चलाउन सक्ने अवस्था भए आजै चलाउछौं। तर, रातिको समयमा काम गर्न सक्ने अवस्था भएन भने उज्यालो भएपछी काम थाल्छौं।’

यात्रुहरु सवार सवारी साधनलाई पूर्व र पश्चिमको सुरक्षित बजार क्षेत्रमा रोकिएको छ। अहिले दाउन्नेको पहिरो पञ्छ्याउने काम सुरु भएको प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले जानकारी दिइन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस